काठमाडौँ । सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भोलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको क्रममा भोलि सार्वजनिक बिदा दिन लागेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।