काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले व्यवसाय नगर्ने बताएका छन् । लगानी सम्मेलनका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।
सरकार आफैंले बिजनेस गर्ने नभई निजी क्षेत्रलाई लगानीका लागि उत्प्रेरित गर्ने बताउँदै पुनले निजी क्षेत्रलाई लगानी गर्नका लागि नीतिगत रूपमा सहजीकरण गरिदिने बताए ।
सरकारले अध्यादेशमार्फत् कानून संशोधन गर्ने निर्णय गरको बताउँदै पुनले विभिन्न विदेशी कम्पनीले लगानीका लागि इच्छा देखाइसकेको बताए ।
लगानीकर्ताले नाफा खोज्ने भएकोले कुनै पनि शासन प्रणाली वा वादले कुनै फरक नपार्ने तर्क बताउँदै उनले फरक–फरक शासन प्रणाली भए पनि भारत र चीनमा विदेशी लगानी राम्रै आइरहेको उदाहरण सुनाए ।
उनले तेस्रो सम्मेलन सफल हुने विषयमा आफू विश्वस्त रहेको बताउँदै विगतका सिकाइबाट पनि यो सम्मेलन सफल हुने दाबी गरे ।