Logo

Oct 15 2025 | २०८२, असोज २९गते

Oct 15 2025 | २०८२, असोज २९गते

images

लगानी सम्मेलनमा फेरि तीन  काठमाडौं भूमिगत मेट्रोरेल परियोजनाको आह्वान

लगानी सम्मेलनमा फेरि तीन  काठमाडौं भूमिगत मेट्रोरेल परियोजनाको आह्वान

  • काठमाडौं । सरकारीले लगानी सम्मेलनमा सहभागिता जनाउने लगानीकर्ताहरू समक्ष काठमाडौं उपत्यकामा तीनवटा भूमिगत महानगरीय रेलसेवा (मेट्रो रेल) परियोजनामा  लगानी प्रस्ताव गरेको छ ।लगानी बोर्डले जानकारी सार्वजनिक गरे अनुसार बैशाख १६ र १७ दुई दिने आयोजना हुन गइरहेको लगानी सम्मेलनमा भाग लिने लगानीकर्ताहरूलाई यस्तो लगानी आह्वान गरिएको हो । 

    सरकारले तयार पारेको शोेकेसका  १४८ वटा परियोजनामध्ये तीन वटा मेट्रोरेल सम्बन्धी रहेका छन् ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा उपत्यकाका  तीन वटा भूमिगत रेलमार्गहरूमा  सातदोबाटो–रत्नपार्क–नारायण गोपाल चोक मेट्रोरेल, कीर्तिपुर–कालिमाटी–नयाँ बानेश्वर–एयरपोर्ट मेट्रोरेल र चाबहिल–स्वयम्भू–कोटेश्वर मेट्रोरेल परियोजना रहेका छन् ।

    विंस २०७५ चैतमा आयोजना भएको दोस्रो लगानी सम्मेलनमा पनि उपत्यकामा मेट्रोरेल सञ्चालन गर्ने प्रस्ताव गरिएको भएपनि त्यसलाई यसपटक फरक ढंगमा प्रस्तुत गर्न लागिएको लगानी बोर्डका अधिकारीहरूको भनाइ छ ।

    काठमाडौं उपत्यकामा मेट्रो रेलको सम्भावनाबारे सन् २०१२ मा भएको सम्भाव्यता अध्ययनअनुसार उपत्यकामा पाँच वटा रुटमा कुल ७७.२८ किलोमिटर रेल सञ्चालन गर्न सकिने अवस्था छ ।
    सो  अध्ययनले यी रूटमा मेट्रोरेल निर्माण गर्न साढे ५ खर्ब रुपैयाँ लगानी लाग्न सक्ने अनुमान गरिएकोमा हाल यसमा लागत बढ्न सक्ने देखिएको छ ।

    सन् २०१२ को सम्भाव्यता अध्ययनअनुसार सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोकसम्म १२.१ किलोमिटर ,
    कीर्तिपुर–कालीमाटी–बानेश्वर–एयरपोर्टसम्म ११.१५ किलोमिटरमा ९ वटा स्टेशन  , चाबहिल–स्वयंम्भू–कोटेश्वरसम्मको २८.५३ किलोमिटर रूटमा १७ वटा स्टेसन रहने प्रस्ताव गरिएको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij