Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

अबको एक घन्टा भित्र हुने कतारका अमिरको भ्रमण कार्यतालिका यस्तो


नया सडक

२०८१, वैशाख ११ मंगलबार

  • 759
    Shares

  • अबको एक घन्टा भित्र हुने कतारका अमिरको भ्रमण कार्यतालिका यस्तो

    काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको बिजनेस जेट (भीभीआईपी) विमान ढाकाबाट मंगलबार  ५ बजेअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  ४ दखि  ५ बजेसम्म एक घन्टाकालागि उड्डयनकर्मीहरूकालागि जारी हुने सूचना (नोटाम) लागू गरिएको हो ।

    यो समयभित्र कतारी अमिरको भ्रमणसँग जोडिएका दुईटा बिजनेस जेट ढाका हुँदै काठमाडौंमा अवतरण हुने कार्यतालिका बनेको छ ।विमानस्थल स्रोतका अनुसार अमिरको भ्रमणमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार चारवटा विमानलाई नेपाल उडानको अनुमति दिएकोमो एउटा उडानमा अमिर रहनेछन् ।  अर्को विमानमा उनका सहयोगी, कर्मचारीहरू रहने जनाइएको छ । सो अनुसार  सहयोगीहरू रहेको विमान मंगलबार बिहान काठमाडौंमा अवतरण भइसकेको छ । एक अर्को एयरबसकै बिजनेस जेट विमान भने ‘स्ट्याण्ड–बाई’ का रुपमा अमिरको उडानसँगै काठमाडौंमा अवतरण गर्नेछ । अमिर एयरबसको ए–३४० विमानमा नेपाल आइरहेका छन् । चारवटा इन्जिन भएको त्यो विमान ३ सय ५० हाराहारी यात्रु बोक्ने क्षमताको हो । तर त्यो विमानमा अमिरसहित ४० जनासम्म  हुने  जनाइएको छ । 

    उनी आउने विमानमा कुनै प्राविधिक समस्या आइहाले ‘स्ट्याण्ड–बाई’ विमान अमिरका लागि प्रयोग हुने कार्यतालिका तय गरिएको छ । ढाकाबाट मंगलबार दिउँसो ‘स्ट्याण्ड–बाई’ भनी राखिएको एयरबसको ए–३४०–२११ विमान अवतरण भइसकेपछि अन्तिममा अमिर सवार विमान अवतरण हुनेछ । उनको विमान एयरबसको ए–३४०–५४१ रहने  स्रोतको भनाइ छ ।

    यी सबै विमानकालागि काठमाडौंस्थित कतारी दूतावासमार्फत दोहाबाट कतार एयरवेजको सहायक कम्पनी ‘कतार एक्जिक्यूटीव’ ले कार्यतालिका सहितको कार्यक्रम तय गरेको गरेको थियो ।

    अमिरलाई विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने कार्यक्रम छ । सडकका पेटीमा स्वागतमा राष्ट्रिय पहिचान बोकेको झाँकी बनाइ बाजागाजाको व्यवस्था गरिएको छ । दुवै देशको राष्ट्रिय ध्वज पनि राखिएका छन् ।

    प्रतिक्रिया दिनुहोस