काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आएपछि उनलाई त्रिभुवन विमानस्थलमा विशेष सम्मान दिइएको छ ।
नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो निजी विमानमा दिउँसो ३:३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि कतारका अमिर शेखलाई स्वागत गरेका थिए ।
त्यसपछि उनलाई नेपाली सेनाको टोलीले विशेष सम्मान (गार्ड अफ अनर) प्रकट गरेको छ ।
आइतबार एसियाली देशहरूको भ्रमणमा निस्केका अमिर अल थानी मंगलबार बंगलादेशबाट नेपाल आएका हुन् ।