Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आँखुखोला जलविद्युत कम्पनीको असोज ११ गतेबाट साढे १७ लाख कित्ता सेयर लिलामी खुल्ने


नया सडक

२०८१, असोज ४ शुक्रबार

  • 114
    Shares

  • आँखुखोला जलविद्युत कम्पनीको असोज ११ गतेबाट साढे १७ लाख कित्ता सेयर लिलामी खुल्ने

    काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले असोज ११ गतेदेखि १७ लाख ५० हजार २४८ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । 

    आवेदन दिने अन्तिम म्याद असोज २० गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । यसअघि कम्पनीले १५०५ ९१ करोड २० लाख कित्ता० हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।

    यसमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नारायणचौर नक्साल, काठमाडौं नबिल बैंकको बिर्तामोड शाखा, विरगञ्ज शाखा, हेटौडा शाखा तथा जावलाखेल शाखाबाट आवेदन दिन सकिनेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस