 
                                
                             
                                                            गण्डकी ।  रोजगारीको खोजीमा युवा जमात  विदेशिने क्रम बढिरहेका बेला पोखरा महानगरपालिका १३ नम्बर वडा कार्यालयले युवा लक्ष्यित तालिम सञ्चालन गरेको छ ।
 ‘सीप सिकौँ, दक्ष बनौँ’ नाराका साथ वडाले कटाई सिलाई तालिम,  ब्युटी पार्लर र लोकसेवा आयोगको अनलाइन तयारी कक्षा निःशुल्क सञ्चालन गरेको वडाध्यक्ष किरण बरालले जानकारी दिनुुभयो । बेरोजगार युवालाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यल तालिम सञ्चालन गरिएको उहाँले बताउनुुभयो । 
तालिममा  ४५ जना युवायुवती सहभागी छन् । सिलाई कटाई तालिम तीन महिना, ब्युटी पार्लरसम्बन्धी तालिम एक महिना र  लोक सेवा आयोगको तयारी कक्षा दुई महिनासम्म सञ्चालन हुनेछ । 
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij