Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

चौथो हिमालयन हाइड्रो एक्सपो काठमाडौमा सुरु


नया सडक

२०८१, वैशाख १२ बुधबार

  • 507
    Shares

  • चौथो हिमालयन हाइड्रो एक्सपो काठमाडौमा सुरु

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहको संस्था (इप्पान)को आयोजनामा  चौंथो हिमालयन हाइड्रो एक्स्पो बुधबारदेखि काठमाडौंमा शुरु भएको छ ।

     तीन दिने एक्स्पोको अवसरमा स्काई टावरदेखि विद्युतीय सवारी साधनहरुको र्‍याली निकालिएको छ । र्‍यालीमा ३ सय भन्दा बढी विद्युतीय सवारीसाधनहरु सहभागी थिए ।स्काइ टावरबाट सुरु भएको र्‍याली नयाँबानेश्वर हुँदै कोटेश्वर, सातदोबाटो, एकान्तकुना, कुपण्डोल, लैनचौरबाट भृकुटीमण्डपमा आएर सकिएको थियो ।

    एक्स्पोको औपचारिक उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आयोजना गरेको लगानी सम्मेलनलाई एक्स्पोले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।  आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट विद्युत उत्पादनको क्षेत्रमा विकास र विस्तारका लागि काम गर्ने मन्त्री बस्नेतले  प्रतिवद्धता जनाए ।

    कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले लगानी सम्मेलनलाई सफल बनाउने उद्देश्यले हिमालयन हाइड्रो एक्स्पो आयोजना गरिएको बताए  ।  सन् २०३५ सम्म १३ हजार मेगावाट बिजुली नेपालमा खपत गर्ने लक्ष्य लिएको भन्दै उनले एक्सपोको भूमिका महत्वपूर्ण हुने जनाए ।

    प्रतिक्रिया दिनुहोस