Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

कतारका राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता


नया सडक

२०८१, वैशाख १२ बुधबार

  • 516
    Shares

  • कतारका राजा   थानी  र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

    काठमाडौं ।नेपालको दुई दिने भ्रमणमा  आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । होटल सोल्टीमा भएको भेटवार्तामा दुवैपक्षीय सम्झौतामा हस्ताक्षर हुने भएको  हो ।

    होटल सोल्टीको कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी भई    कतारी टोली आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा भ्रमण दलका सदस्यहरुसहित मंगलबार काठमाडौं आएका थिए । उनले मंगलबार साँझ नै राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुका साथै शितल निवासमा आयोजित रात्रिभोजमा सहभागी पनि भएका थिए ।

    कतारका राजा पहिलोपटक नेपाल भ्रमणमा आएको अवसरमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस