Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नेपाल र कतारबीच ८ वटा सम्झौतामा हस्ताक्षर


नया सडक

२०८१, वैशाख १२ बुधबार

  • 750
    Shares

  • नेपाल र कतारबीच  ८ वटा सम्झौतामा हस्ताक्षर

    काठमाडौँ । नेपाल र कतारबीच  द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर शेख तमिम बिन हमाद अल थानीबीचको भेटवार्तापछि विभिन्न आठ विषयमा सम्झौता भएको हो । 

    यस्तै छ वटा विषयमा सझादारी पनि भएको भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।  प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरको उपस्थितिमा सम्झौतापत्रमा नेपालको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका कानुन मन्त्रीले हस्ताक्षर गरेको जनाएको छ । 

    प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी,  कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ ।

    ८ मध्ये २ वटा सम्झौतापत्रमा निजी क्षेत्रबाट हस्ताक्षर भएको छ । यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् 

    प्रतिक्रिया दिनुहोस