Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

विपिन जोशीको सकुशल रिहाइका लागि भूमिका खेलिदिन आग्रहलगायतका विषयमा कतारका राजा शेखसँग प्रधानमन्त्री प्रचण्डको छलफल

विपिन जोशीको सकुशल रिहाइका लागि भूमिका खेलिदिन आग्रहलगायतका विषयमा कतारका राजा शेखसँग प्रधानमन्त्री प्रचण्डको छलफल

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले  नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीसँगको भेटवार्तामा इजरायलमा हमासको आक्रमणपछि वेपत्ता भएका नेपालका विपिन जोशीको सकुशल रिहाइका लागि भूमिका खेलिदिन आग्रह लगायतका विषयमा छलफल गरेका छन् ।विश्वव्यापी द्वन्द्व समाधानमा कतारले खेलेको मध्यस्थताको प्रशंसा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।

    सोही क्रममा  कतारका राजा शेख तमिम बिन हमाद अल थानीले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै प्रशंसा गरे का छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार भएको द्विपक्षीय भेटवार्तामा कतारका अमिर थानीले नेपालको प्रशंसा गर्दै आगामी दिनमा थप रोजगारी उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका थिए । साथै उनले नेपालका श्रमिकको सिप अभिवृद्धि गर्न पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

     द्विपक्षीय वार्तामा कतारी अमिरले नेपालको ऊर्जा, कृषि, यातायातमा नेपाल र कतारका तर्फबाट छलफल गर्ने र लगानीका क्षेत्रको खोजी गर्ने विषयमा समेत छलफल भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij