Logo

May 05 2024 | २०८१, वैशाख २३गते

images

तिब्बतसँग जोडिएको नेपाली भूभागमा नेपालीहरूको जीवनस्तरमा सुधार ल्याउन चीनले सघाउने


नया सडक

२०८१, वैशाख १३ बिहीबार

  • 303
    Shares

  • तिब्बतसँग जोडिएको नेपाली भूभागमा नेपालीहरूको जीवनस्तरमा सुधार ल्याउन चीनले सघाउने

    काठमाडौं । चीनले स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नेपाली भूभागमा नेपालीहरूको जीवनस्तरमा सुधार ल्याउने कार्यक्रमलाई सघाउने भएको छ ।तिब्बतको राजधानी ल्हासामा सम्पन्न सहायता परियोजनाको पहिलो बैठकमा नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने निर्णय गरिएको हो ।

    images

    बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल भएको ल्हासास्थित नेपालको महावाणिज्य दूतावासले आज जनाएको छ । बैठकमा परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने, परियोजनाहरुको प्रारुप छनोट, कार्यान्वयन एवं अनुगमनबारे विचारविमर्श भएको थियो ।

    दुवै पक्षले यो वर्षको मध्यतिर दुईपटक बैठक गर्ने तथा अन्त्यमा परियोजना कार्यान्वयनको समीक्षा गर्न सहमति जनाएका छन् । बैठकमा दुवै पक्षले तिब्बतसँग सिमाना जोडिएका नेपाली भूभागका जनताको जीवनस्तर सुधारमा सहयोग बढाउन पनि सहमति जनाएका उक्त महावाणिज्य दूतावासले जनाएको छ ।

    बैठकमा नेपाली पक्षको नेतृत्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईले गरेका थिए । चिनियाँ पक्षको नेतृत्व तिब्बतको विदेश मामिला कार्यालयका उच्च अधिकारीले गरेका थिए ।

     नेपाली प्रतिनिधिमण्डलका नेता भट्टराईले तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष छन छेङ्कीसँग शिष्टाचार भेट गरी आपसी हितका विविध विषयमा विचार आदानप्रदान गर्नुका  साथै नेपाल–चीन सम्बन्ध अभिवृद्धि गर्ने सामाजिक–आर्थिक मामिलामा छलफल भएको थियो ।

    प्रतिक्रिया दिनुहोस