Logo

May 05 2024 | २०८१, वैशाख २३गते

images

वैदेशिक रोजगारमा जाने श्रमिकको हवाई टिकटमा खाना खाजालगायतको सुविधा उल्लेख गर्नुपर्ने विभागको पत्राचार


नया सडक

२०८१, वैशाख १३ बिहीबार

  • 345
    Shares

  • वैदेशिक रोजगारमा जाने श्रमिकको हवाई टिकटमा खाना खाजालगायतको सुविधा उल्लेख गर्नुपर्ने विभागको पत्राचार

     काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्न सरोकारवाला निकायलाई पत्राचार गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवासयी महासंघ र नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभललाई आग्रह गरेको विभागले पत्राचार गरिएको हो ।

    images

    विभागद्वारा बुधबार पत्राचार गरिएको  पत्रमा  हवाई टिकटमा नै खाना-खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह  गरिएको हो ।

    मलेसिया तथा मध्यपूर्वका मुलुकमा वैदेशिक रोजगारीका लागि श्रमिकले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्छ । उडान समय भन्दा तीन घण्टा अगाडि नै विमानस्थलभित्र प्रवेश गर्नुपर्ने हुन्छ । यसरी घण्टौंको यात्रामा पनि श्रमिकले न्यूनतम खाना-खाजा तथा पानी समेत नपाउने गरेको गुनासो आउन थालेपछि विभागले सम्बन्धित निकायलाई डाकेर छलफल गरेको विभागका महानिर्देशक डुण्डुराज घिमिरले जानकारी सार्वजनिक गरे ।

     

    प्रतिक्रिया दिनुहोस