काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूको संस्था आइस्पानले विदेशी मुद्रा सटही सिफारिस रोकिरहे इन्टरनेट सेवा अवरुद्ध हुने चेतावनी दिएको छ । सरकारले सिफारिस नगरेकाले ब्यान्डविथको भुक्तानी हुन नसकेको जनाउँदै यो विदेशी मुद्रा सटही सिफारिस रोकिरहे इन्टरनेट सेवा ठप्प हुने चेतावनी दिइएको हो ।
आईस्पानले बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गरी यस्तो चेतानवी दियो । भारतीय कम्पनी एयरटेलले ब्याण्डविथको भुक्तानी नगरे सेवा अवरुद्ध हुने चेतावनीसहितको पत्र आइस्पानलाई पठाएको जनाइएको छ। आइस्पानका अध्यक्ष सुधीर पराजुलीले यस्तो जानकारी दिँदै इन्टरनेट सेवा प्रदायकहरूबाट हुने सेवा ठप्पा हुने बताए ।