Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

आजदेखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ९० हजार बढी परीक्षार्थी सहभागी हुँदै


२०८१, वैशाख १४ शुक्रबार

  • 687
    Shares

  • आजदेखि कक्षा १२ को परीक्षा सुरु, ३ लाख ९० हजार बढी परीक्षार्थी सहभागी हुँदै

    काठमाडौं । आजदेखि कक्षा १२ को परीक्षा सुरु भएको छ । देशभर एकैसाथ सुरु परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ । कक्षा १२ को परीक्षा  वैशाख २६ गते सम्पन्न हुनेछ । राष्ट्रिय परीक्षाले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरेको छ ।
     परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुने भएका छन् । त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन् ।

    परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ रमुस्ताङमा एकरएक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । पहिलो पटक बोर्डले यसवर्ष स्वचालित ९स्यान्डम० प्रक्रियाबाट काडमाडौँका परीक्षा केन्द्र निर्धारण गरेको हो ।

    परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन हुने भएका छन् ।परीक्षामा लागि आवश्यक पर्ने उत्तरपुस्तिकालगायतका सामग्री परीक्षा केन्द्रहरुमा पु¥याउने कार्य सम्पन्न गरिसकेको छ भने यसवर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाइने भएको छ । इमेलबाट प्रश्नपत्र पठाउँदा ‘टाइम पासवर्ड’ को व्यवस्था गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस