Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

चीनसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौतामा हस्ताक्षर


नया सडक

२०८१, वैशाख १४ शुक्रबार

  • 312
    Shares

  • चीनसँग  बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौतामा हस्ताक्षर

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीनको  असोज भ्रमणमा गरिएको प्रतिबद्धता अनुसार चीनले बोनम्यारो प्रत्यारोपणसम्बन्धी समझौता गरेको छ । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर भएको हो ।  अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संसाधन विकास सहयोग सम्बन्धी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपण सम्बन्धी सम्झौतामा हस्ताक्षर भयो ।

    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

    अर्थ मन्त्रालयमा  आयोजित एक समारोहबीच अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल तथा चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेशनल डेभलेपमेन्ट को–अपरेशन एजेन्सी) का प्रमुख लियु झाओ हुईले हस्ताक्षर गरे ।

    चाइना इन्टरनेशनल डेभलपमेन्ट को–अपरेसन एजेन्सीले चीनको वैदेशिक सहायताको रणनीति मापदण्ड बनाउने, सोसम्बन्धी नीति र योजना बनाउने तथा वैदेशिक सहायतासम्बन्धी सुधारका एजेण्डामा काम गर्दै आएको छ ।

    सम्झौताअनुसार चीनले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोगका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्म चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमतिमा छ ।

     चिनियाँ राष्ट्रपति सी जिन फिङले ५ वर्षअघि गरेको नेपाल भ्रमण तथा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत असोजमा गरेको चीन भ्रमणले द्विपक्षीय सम्बन्धलाई उचाइमा पुर्याएको भन्दै  पुनले ती दुवै उच्चस्तरीय भ्रममणमा भएका द्विपक्षीय सम्झौतामध्ये कार्यान्वयन हुन बाँकी भएकाहरुको कार्यान्वयनमा जोड दिए ।

    चिनियाँ प्रतिनिमिण्डलको नेतृत्व गरेका लियु झाओ हुईले नेपाल चीनको असल मित्र रहेको भन्दै नेपालको विकासमा सधैं साथ रहेको बताए । राष्ट्रपति सीको नेपाल भ्रमण र प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा भएका सहमतिका प्रत्येक विषय एक–एक गर्दै कार्यान्वयन हुँदै जाने भन्दै उनले आफूहरु तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको सिलसिलामा  चिनियाँ लगानी भित्रिने विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस