काठमाडौं । कर्जा ब्याज एकल अंकमा आएको अवसर सदुपयोग गर्न नेपाल राष्ट्र बैंकले सेवाग्राहीको ध्यानाकर्षण गरेको छ ।केन्द्रीय बैक नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले यस्तो बताएकी हुन् ।
राष्ट्र बैंकको ६९औं वार्षिकोत्सव समारोहमा डेपुटी गभर्नर ढुंगानाले कर्जाको ब्याज एकल अंकमा आएको अवसरलाई सदुपयोग गर्नुपर्ने बताइन् ।
आर्थिक शृङ्खलामा अवरोध आउँदा पनि राष्ट्र बैंकले प्रभावकारी काम गरिरहेको बताउँदै उनले अहिले खराब कर्जा बढिरहेर गैर बैंकिङ सम्पत्ति बढिरहेको मौजुदा चुनौतीका बेला रेमिट्यान्स बढेको बताइन् ।
अहिले बैंकिङ क्षेत्रमा अराजकता बढेको बताउँदै डेपुटी गभर्नर ढुंगानाले गलत गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउनु पर्ने आवश्यकता रहेको बताइन् ।