Logo

May 17 2024 | २०८१, जेठ ४गते

images

राष्ट्रिय बीमा कम्पनीको सीईओमा बीमा संस्थानका पूर्व सीईओ डा. शिवहरि श्रेष्ठ नियुक्त


नया सडक

२०८१, वैशाख १४ शुक्रबार

  • 396
    Shares

  • राष्ट्रिय बीमा कम्पनीको  सीईओमा बीमा संस्थानका पूर्व सीईओ डा. शिवहरि श्रेष्ठ नियुक्त

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बीमा संस्थानका पूर्व सीईओ डा. शिवहरि श्रेष्ठ नियुक्त भएका छन् । बैशाख १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले डा.श्रेष्ठलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    images

    कम्पनीको सीईओ पदपूर्ति उपसमितिले सीइओको लागि ४ जनाको नाम सर्टलिस्ट गरेकोमा समितिको बैठकले डा.श्रेष्ठलाई  नियुक्त गर्ने निर्णय ग¥यो । 
    सर्टलिस्टमा  पर्ने अन्यहरूमा नारायण कुमार भट्टराई, सुरेन्द्र थापा र सुवास कोईराला थिए । उनलाई कम्पनीको नियमावलीको नियम ३३(५) र नियम ३५ बमोजिम सीईओ पदमा नियुक्त गरिएको कम्पनी सचिव डा. सृजना पन्तले जानकारी दिइन् ।

     

     

    प्रतिक्रिया दिनुहोस