Logo

May 19 2025 | २०८२, जेठ ५गते

May 19 2025 | २०८२, जेठ ५गते

images

आर्थिक गतिविधि चलायमान बनाउने आधार सिर्जना भएको गभर्नर अधिकारीको भनाइ

आर्थिक गतिविधि चलायमान बनाउने आधार सिर्जना भएको गभर्नर अधिकारीको भनाइ

  • काठमाडौं । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकका शीर्ष पदाधिकारीहरूले नेपाल अर्थतन्त्रका आर्थिक गतिविधि चलायमान बनाउन आधार सिर्जना भएको बताएका छन् । नेपाल राष्ट्र बैैकका गभर्नर महाप्रसाद अधिकारीले  मुलुकमा ब्याजदर घटेको र वाह्य क्षेत्रमा आएको सुधारले आन्तरिक आर्थिक गतिविधि चलायमान बनाउने आधार सिर्जना भएको बताएका हुन् ।

    नेपाल राष्ट्र बैंकको वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा  गभर्नर अधिकारीले उच्च रेमिट्यान्स आप्रवाह र वैदेशिक व्यापार घाटा घटेकाले चालु खाता तथा शोधनान्तरस्थिति बचतमा गएको बताए । यसबाट तरलता बढाउन सहयोग पुगेको र कर्जाको ब्याजदर घटाएको उनको भनाइ छ ।
    दुई तिहाइभन्दा बढी रकमको आयात गर्ने मुलुक भारतमा समेत मुद्रास्फीति घट्दै गएका कारण  नेपालको मुद्रास्फीतिमा परेको चाप क्रमिकरूपमा घट्दै गएको बताउँदै गभर्नर अधिकारीले चालु आर्थिक वर्षको उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्यवृद्धि दर लक्षित सीमाभित्रै रहने विश्वास व्यक्त गरे ।

    रुस–युक्रेन र मध्यपूर्वका मुलुकमा जारी द्वन्द्व र केही मुलुकले खाद्यान्न निर्यातमा लगाएको प्रतिबन्धले इन्धन तथा खाद्यवस्तुको मूल्यवृद्धि बढ्ने जोखिम कायमै रहेको बताउँदै उनले आर्थिक वर्ष २०८०/८१ मा समयमै रोपाइँ भएको, मौसम अनुकूल नै रहेको र मलको आपूर्ति सहज रहेका कारण कृषि उत्पादनको वृद्धिदर सन्तोषजनक रहने बताए ।करिब ६०० मेगावाटको थप जलविद्युत् उत्पादन र पर्यटन क्षेत्रमा आएको सुधारका कारण चालु वर्षमा आर्थिक वृद्धिदर औसत स्तरमा रहने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij