Logo

May 15 2024 | २०८१, जेठ २गते

images

युएस चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कश्यपद्वारा अर्थमन्त्री पुनसँग भेटवार्ता


नया सडक

२०८१, वैशाख १४ शुक्रबार

  • 297
    Shares

  • युएस चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कश्यपद्वारा अर्थमन्त्री पुनसँग भेटवार्ता

     

    images

    काठमाडौँ ।  अमेरिकी व्यवसायीहरुको संस्था युएस चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष अतुल केशपले आज अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गर्नुभएको छ ।

     

    यहि वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन अमेरिकी निजी क्षेत्रका प्रतिनिधिहरुको नेतृत्व गरेर नेपाल आउनुभएका केशपले आज अर्थ मन्त्रालयमा मन्त्री पुनसँग भेट गर्नुभएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

     

    वरिष्ठ उपाध्यक्ष केशपले धेरै अमेरिकी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताउनुभएको छ । बहुराष्ट्रिय कम्पनी कोकाकोलाले ठूलो मात्रामा लगानी बढाउने तयारी गरेको र सूचना प्रविधि क्षेत्र तथा अन्तर्राष्ट्रियस्तरको फनपार्कमा ठूलो लगानी गर्न अमेरिकी कम्पनीहरु इच्छुक रहेको उहाँको भनाइ छ ।

     

    “कोकाकोलाले धेरै ठूलो स्तरमा लगानी बिस्तार गर्दैछ । अन्तर्राष्ट्रिय स्तरको फनपार्क र सूचना प्रविधिको क्षेत्रमा पनि लगानी गर्न अमेरिकी लगानीकर्ता इच्छुक छन्”, वरिष्ठ उपाध्यक्ष केशपले भन्नुभयो । नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनाउनेमा अमेरिकी लगानीकर्ता आशावादी रहेको विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

     

    भेटमा अर्थमन्त्री पुनले नेपालमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । मुलुकको आर्थिक विकास तथा समृद्धिका लागि विदेशी लगानी ल्याउने र देशभित्रका लगानीकर्तालाई पनि प्रोत्साहित गर्ने नीति लिएको उहाँको भनाइ छ ।

     

    नेपाल लोकतान्त्रिक प्रणाली र प्रतिस्पर्धात्मक बजारको पक्षमा रहेकाले संसारका सामु थप खुला हुन चाहेको अर्थमन्त्री पुनको भनाइ थियो । लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले केही दिनअघि मात्र लगानी प्रतिकूल ठानिएका नौ वटा कानूनमा परिमार्जनका लागि अध्यादेश ल्याउन सिफारिस गरेको बताउनुभयो । 

     

    “हामीले अध्यादेशमार्फत् हालसालै मात्र नौ वटा कानूनमा सुधारको प्रक्रिया अगाडि बढाएका छौं । फेरिएको सन्दर्भ र लगानीकर्ताको सुझावका आधारमा यी कानुनमा थप सुधार गर्दै जाने सोचेका छौं”, अर्थमन्त्री पुनले भन्नुभयो ।रासस

    प्रतिक्रिया दिनुहोस