Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरणसम्बन्धी ऐन संंशाधन गर्न बनेको अध्योदश जारी

राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरणसम्बन्धी ऐन संंशाधन गर्न बनेको अध्योदश जारी

  • काठमाडौं ।लगानी सम्मेलनलाई सफल बनाउने उद्देश्यले ल्याइएको लगानी सहजीकरणसम्बन्धी अध्याधेश जारी गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका  हुन् ।

    लगानीकर्ताहरूको विश्वास जित्न संशोधन गर्नुपर्ने ऐनहरू नियमितरूपमा पारित गराउन नसक्ने देखेर  लगानी सम्मेलनका पूर्व संध्यामा सरकारले ९ वटा ऐन संशोधनका लागि अध्यादेश सिफारिस गरेको थियो । संविधानको धारा ११४ (१) बमोजिम राष्ट्रपतिले आइतबार अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जानकारी सार्वजनिक गरेको हो । 

    सरकारले गत सोमबार मन्त्रिपरिषद्को बैठकले यो अध्यादेश जारी गर्ने निर्णय गरेको थियो ।सरकारले भूमिसम्बन्धी ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२८, जग्गा प्राप्ति ऐन २०३४, विद्युतीय कारोबार ऐन २०६३, विशेष आर्थिक ऐन २०७३ र सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, वन ऐन २०७६ र औद्योगिक व्यवसाय ऐन २०७६ अध्यादेशमार्फत संशोधन गरिँदै छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij