Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

चीनले नेपालीलाई नियमित भिसा निशुल्क दिने घोषणा

चीनले नेपालीलाई नियमित भिसा निशुल्क दिने घोषणा

  • काठमाडौं । चीनले नेपालीलाई नियमित भिसा निशुल्क दिने घोषणा गरेको छ । लगानी सम्मेलनमा भाग लिन आएका चिनियाँ प्रतिनिधिले आइतबार यस्तो बताएका हुन् ।

    तेस्रो अन्तर्राष्टिय लगानी सम्मेलनमा चाइना इन्टरनेसनल डेभलपमेन्ट कर्पोरेसन एजेन्सी (सीआईडीसीए) प्रमुख लुओ झाओहुईले मे १ देखि लागू हुने गरी नेपाली नागरिकहरूलाई नियमिततर्फ भिसा शुल्क तिर्नुनपर्ने बताए

    चीनले आगामी मे १ देखि नेपाली नागरिकलाई नियमित भिसा नि:शुल्क दिने कुरो   चिनियाँ दूतावासले आइतबार बिहान एक सूचना जारी  गरी जनायो । एक्सप्रेस-२ र एक्प्रेस-१ भिसाका लागि भने क्रमश: २ हजार ७ सय र ४ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

    त्यस्तै समूहतर्फ एक्सप्रेस-२ र एक्प्रेस-१ भिसा क्रमश: १ हजार ३ सय ५० र २ हजार रुपैयाँ तिर्नुपर्नेछ ।त्यस्तै सम्बोधनका क्रममा उनले चीन-नेपाल सम्बन्ध थप उचाइमा पुग्ने पनि बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij