Logo

May 13 2025 | २०८२, जेठ १गते

May 13 2025 | २०८२, जेठ १गते

images

अर्को आइतबार जापानी परराष्ट्रमन्त्री  खामिखावा नेपाल आउँदै

अर्को आइतबार जापानी परराष्ट्रमन्त्री  खामिखावा नेपाल आउँदै

  • काठमाडौं । अर्को आइतबार जापानी परराष्ट्रमन्त्री  खामिखावा योकोले नेपाल भ्रमणा गर्ने भएकी छन् ।जापानको विदेश मन्त्रालयले जारी गरेको सूचना अनुसार  खामिखावाले आगामी मे ५ तारिख नेपाल भ्रमणा गर्ने भएकी हुन् ।

    अप्रिल २६ बाट विदेश भ्रमणामा निस्किएकी परराष्ट्रमन्त्री खामिखावा मे ४ तारिख श्रीलंकाको राजधानी कोलम्बो पुग्ने कार्यतालिका रहेको छ ।श्रीलंकामा एक दिनको भ्रमणपछि   ५ तारिख नेपालको राजधानी काठमाडौंमा अवतरण गर्ने विदेश मन्त्रालयको सूचनामा उल्लेख छ ।

    काठमाडौंमा रहँदा परराष्ट्रमन्त्री खामिखावाले नेपालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवर्ता गर्ने कार्यक्रम तय भएको छ ।नेपाल र जापान बीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको र नेपालको विकासका विषयमा कुराकानी हुने छ । 

    परराष्ट्रमन्त्री खामिखावा सोही दिन नेपालको राजधानी काठमाडौंबाट टोकियो फर्कने विदेश मन्त्रालयले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij