Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

देशभरका सबै नागरिकलाई नागरिक पेन्सन योजनामा समेटने नागरिक लगानी कोषको योजना


नया सडक

२०८१, वैशाख १६ आइतबार

  • 405
    Shares

  • देशभरका सबै नागरिकलाई नागरिक पेन्सन योजनामा समेटने  नागरिक लगानी कोषको योजना

    काठमाडौँ    । नागरिक लगानी कोषले देशभरका सबै नागरिकलाई नागरिक पेन्सन योजनामा समेटने योजना बनाएको छ । कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले विराटनगरमा  सम्पन्न नागरिक पेन्सन योजना सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा यस्तो जानकारी दिएका हुन् ।    उक्त योजनामा चैत मसान्तसम्म २१ करोड ६० लाख रुपैयाँ जम्मा भएको उनले बताए ।

    images

    हालसम्म सहभागी संख्या ६ हजार एक सय १० पुगेको छ । आर्थिक वर्ष ०८०/८१ को बजेटमा नागरिक लगानी कोषमार्फत् स्वरोजगरामा रहेका सबै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गर्ने भन्ने व्यवस्था अनुसार कोषले देशभरका सबै नागरिकलाई समेटने गरी कार्य सुरु गरेकोउनले खुलाए ।

    यो योजनामा आय आर्जन गर्ने, प्रचलित कानुन बमोजिम स्थापना भएका संघ, संस्था, एवं प्रतिष्ठानमा कार्यरत श्रमिक, कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने व्यवस्था छ ।

    यो योजनामा सहभागी हुने बचतकर्ताले न्यूनतम मासिक पाँच सय रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सक्ने छन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिकरुपमा रकम जम्मा गर्न सकिने विशेषता योजनाको रहेको नागरिक लगानी कोषले बताएको छ ।

    पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर साठ्ठी वर्ष पुरा भएको र कम्तिमा १५ वर्ष योगदान गरेको हुनुपर्ने छ । बचतकर्तार्ले १५ वर्षको बचत नगर्दै त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ भुक्तानी लिन वा पेन्सनको रुपमा भुक्तानी लिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस