Logo

May 15 2024 | २०८१, जेठ २गते

images
सेयर शिक्षा :

सेयर बजार भनेको के हो ? सेयर बजारमा कसरी छिर्ने ?


२०८१, वैशाख १७ सोमबार

  • 303
    Shares

  • सेयर बजार भनेको के हो ? सेयर बजारमा कसरी छिर्ने ?

    सेयर भनेको के हो ? 

    images

    सेयर भन्नाले सामान्यतया इकाई भन्ने बुझिन्छ । अर्थात नेपालीमा सेयर भनेको धितोपत्र हो । कुनै पनि कम्पनी खोल्न वा सञ्चालनको रहेको कम्पीको क्षमतावृद्धि(अपग्रेट)को लागी ठुलो धनराशिको आवस्यकता पर्र्दछ, जुन दुईचार जना मिलेर तथा रिऋ लिएरमात्रै प्र्याप्त नहुन सक्छ ।

    साथै ऋण लिनको लागि आफुसँग प्रयाप्त धितो राख्ने जिन्सी हुनु पर्यो साथै कम्पनी नाफा घाटा भएपनि सञ्चालन गर्न समय लागेपनि निरन्तर ब्याज तिरीरहनुपर्ने हुन्छ । त्यो भन्दा बरु कम्पनीमा पैसा र स्वामित्वलाई धेरै इकाइमा विभाजन गरि लगानीकर्ताबाट पैसा उठाउने गरिन्छ । त्यहि स्वामित्व हस्तान्तरण गर्ने व्यवस्थित र आधिकारीक प्रक्रिया नै स्टक (सेयर) हो ।

    कुनै कम्पनी वा व्यावसाय सञ्चालन गर्नका लागि एउटै व्यक्ति सम्पुर्ण खर्च जुटाउन असमर्थ हुँनु स्वाभाविक कुरा हो । जसको लागि उसले एक्लै कर्जा लिएर मात्र सञ्चालन गर्न पनि कठिन हुन्छ । त्यो समयमा उसले सामुहिक रुपमा खर्च जुटाएर (लगानी गरेर) कम्पनी सञ्चालन गर्नुपर्ने हुन्छ । हो यहि समयमा उसले कम्पनीको भोली हुने नाफा वा घाटाको सबैले जिम्मेवारी लिने गरी लगानी गर्दछन् । सामुहीक लगानी गर्दा नाफा वा घाटा सोही लगानीको अनुपातमा लगानीकर्ताले व्यहोर्नुपर्दछ ।

    सेयरधनि अर्थात कम्पनीसञ्चालन हरुको सहमति पश्चात उनीहरुले नेपाल सरकारको नियमबमोजीम कम्पनी दर्ता गर्नुपर्ने हुन्छ । कम्पनी गर्ता गर्दा कम्पनी गर्दा गर्ने कम्पनी रजिष्टार्ड कार्यालयले कम्पनी सुरुमा कति लगानीमा सञ्चालन गर्न लागेको हो र यसमा कसको सेयर कति–कति रहन्छ भनेर विवरण माग्ने गर्दछ जसलाई कम्पनीको अधिकृत पूँजी र कम्पनीको पुँजीको संरचना भनिन्छ । 

    मानौँ १ अर्ब पुँजीको एउटा कम्पनी कम्पनी खोल्नको लागी सुरुवात गर्नेहरुले ३० करोड हाल्ने, ३० करोड बैंकबाट ऋण खोज्ने र ४० करोड सर्बसाधारण जनताबाट उठाउने भनेर स्वीकृति भयो । उनीहरुले अब भने उनीहरुले (संचालक समिति) सेयरधनीको बहुमत रहनेगरी सञ्चालक समिति गठन गर्ने गर्छन् । अब कम्पनी सञ्चालन गर्न सकिन्छ तर अब यहाँ सोही पुँजीको लागी कलेक्सन गर्ने रकम वा सेयर भने दुई किसिमको हुने गर्दछ । 

    १.संस्थापक सेयर वा अग्राधिकार सेयर 

    कम्पनी सञ्चालनको लागी अब त्यसमा सर्वप्रथम त कम्पनी खोल्न चाहनेहरुले रकम जम्मा गर्नुपर्ने हुन्छ सोही अनुसार उनीहरुले आफुले कबोल गरे बराबरको सेयर रकम कम्पनीको नाममा राख्छन् जसलाई संस्थापक सेयर भनिन्छ । अर्थात माथि उल्लेखीत उदाहरण अनुसार सुरुवात गर्नेहरुले हाल्ने भनेको ३० करोड नै संस्थापक सेयर हुन्छ । 
    कुनै कारणले कम्पनी चल्न सकेन र बिगठन गर्नु परे ऋण रकमपछि यो सेयरको भुक्तानी पहिला फिर्ता हुन्छ यसमा निश्चित स्थिर बोनस हुन्छ । 

    २.साधारण सेयर (आईपीओ) 

    संस्थापकहरुले संस्थापक सेयर हालिसकेपछि कम्पनी चलाउन लगानी जुट्ने वातावरण सृजना हुन्छ । त्यसपछि ऋण खोजिन्छ र साधारण सेयर जारी गरिन्छ । साधारण सेयर तपाई हामी सर्बसाधारण जनताबाट उठाईएको सेयर हो, जुन माथि ४० करोड छुट्टाईएको थियो । सामान्यतया १ कित्ता सेयरको मुल्य रु.१०० हुन्छ भने कतिपय कम्पनीको १० रुपैयाँ पनि ईकाई मूल्य छ । अहिले सोल्टी होटल र सामुहिक लगानी कोषहरुको प्रति ईकाई मूल्य १० रुपैयाँ छ । 

    सामान्यतया सर्बसाधारणलाई १० कित्ता देखि बढी सेयर हाल्ने अवसर दिईन्छ । कम्पनी विघटन गर्दा अन्तिममा नाफा र घाटा सबै लिने सेयर साधारण सेयर हुन्छ ।

    यसरी सर्वसाधरणलाई सेयर दिनको लागी सेयर(आईपीओ) जारी गर्नुअघि कम्पनीहरूले नेपाल धितोपत्र बोर्डमा दर्ता गर्नुपर्ने हुन्छ । दर्ता पश्चात सबै काजजात पुरा गरेर बोर्डले साधारण सेयर जारी गर्न अनुमति दिन्छ ,त्यस्तै, कम्तीमा ३ करोड रुपैयाँभन्दा बढी रकमको सेयर सर्वसाधारणमा निष्कासन गर्दा इक्रा नेपालबाट पनि रेटिङ गराउनुपर्छ । यी दुई संस्थाको वेबसाइटबाट पनि कुन कम्पनीको सेयर आउँदै छ भन्नेबारे लगानीकर्ताले जानकारी गराउनुपर्दछ । 

    शेयर जारी गर्न अनुमति पाएपछि कम्पनीले आईपीओ जारी गर्नुभन्दा १ साताअघि सम्बन्धित कम्पनीहरूले आह्वानपत्र निष्कासन गर्छन् । यो आह्वानपत्रमा कम्पनीले कति सेयर, कुन मितिदेखि निकाल्दै छ, सेयरमा कतिसम्म र कहाँबाट आवेदन सकिन्छ भन्नेबाहेक कम्पनीको हालको स्थिति र भविष्यको योजना समेत उल्लेख गरेको हुन्छ ।

    साथै आह्वानपत्रमा उल्लेख भएको सेयर विक्री प्रबन्धक वा तोकिएका सङ्कलन केन्द्रबाट सेयरमा लगानी गर्न फारम पाइन्छ । फारममा लगानीकर्ताले कति कित्ता सेयर लिन चाहेको हो, उल्लेख गरेर आफ्नो बारेमा मागिएको जानकारी पनि भर्नुपर्छ । सेयर फारममा हस्ताक्षरसमेत गर्नुपर्ने हुन्छ । पछि नगद फिर्ता लिँदा हस्ताक्षर मिल्नुपर्ने भएकाले स्पष्ट र चल्तीकै हस्ताक्षर गर्नुपर्छ । 

    सेयर बजार भनेको के हो ? 

    हामीले माथि सेयरको बारेमा चर्चा गरिसकेका छौँ । जसरी तरकारी किनबेच गरिने ठाउँलाई तरकारी बजार भनिन्छ त्यसरी नै सेयर किनबेच गर्ने ठाउँलाई सेयर बजार भनिन्छ । कुनैपनि व्यक्तिले कुनै पनि कम्पनीको स्वामित्व बेच्न वा किन्न चाहेमा त्यहि बजारबाट किन्न सकिन्छ । कुनैपनि व्यक्तिले आफुलाई तत्काल नगद चाहियमा, आफुसँग स्वामित्व भएको कम्पनी भविष्यमा घाटामा जाने आशंका लागेमा वा त्यो भन्दा बढी नाफा अर्काे कम्पनीमा आउने भएमा सोही सेयर बेच्ने गर्छन् र क्रेताले आफुलाई भविष्यमा नाफा वा आफुलाई मन पर्ने कम्पनीको सेयर किन्ने गर्छन्,यहि सेयर खरिद बिक्रि हुने स्थानलाई सेयर बजार भनिन्छ । नेपालको सन्दर्भमा नेपाल स्टक एक्सचेन्ज स्टक(नेप्से) ले आफुले दस्तावेजको तथ्याङ्क राखेर निर्धारीत कारोबार समयमा कारोबार गराउने गर्दछ । 

    सेयर बजारमा छिर्न के–के पूर्वाधार चाहिन्छ ? 
    सेयर बजारमा सेयर किन बेच गर्नु भनेको मुठीमा वा पटेकमा पैसा लगेर तरकारी किनेजस्तो त अवस्य हुँदैन । त्यसका लागि हामीले सेयर बजारमा छिर्न केही आधारभुत पक्रिया पुरा गर्नूपर्ने हुन्छ । 

    १.बैंक अकाउन्टः

    नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीडीएस एण्ड क्लियरिङ कम्पनीको सदस्यता लिएर निश्चित मापदण्ड पूरा गरी निक्षेप सदस्य(डिपी) को काम गरीरहेको बैंकमा गएर निक्षेप खाता खोल्न सकिन्छ । खाता खोल्नका लागि नागरिकता फोटोकपी, पासफोर्ड साइजको चार प्रति फोटा साथै नोमिनी अर्थात तपाईपछि स्वामित्व हस्तान्तरणको अकवाला चाहिने हुँदा उहाँको नागरीकता फोटोकपी र पासफोर्ट साइजको फोटो चाहिन्छ । यति भएपछि बैंकको खाता खोल्न सकिन्छ । 

    २.डिम्याट अकाउन्टः

    क) डिम्याट अकाउन्ट के हो ?

     सेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैङ्कमा खाता खोलेर जम्मा गर्नुलाई सेयर अभौतिकीकरण अथवा डिम्याट गर्नु भनिन्छ । यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ । आफूसँग भएको भौतिक सेयर प्रमाणपत्रलाई डिम्याट गराएपछि आफूसँग शेयर प्रमाणपत्रको कागज चाहिँदैन, त्यो बैङ्कमा रहेको डिम्याट खातामा हुन्छ । यसो भएपछि सेयर खरीदविक्री गर्न सहज हुन्छ, खरीदविक्रीको साफसाफ छिटो हुन्छ र प्राप्त हुने बोनस सेयर तथा हकप्रद सेयर आफ्नो हितग्राही खातामा सीधै जम्मा हुन्छ । त्यसैले, त्यस्तो सेयरको प्रमाणपत्र लिन कम्पनीमा धाइरहनु पर्दैन ।(पहिला पहिला सेयर सर्टिफिकेट हुन्थ्यो जसमा कुन कम्पनीको कति सेयर हुन्छ भनेर लेखिएको हुन्थ्यो त्यसैको डिजिटल माध्यम हो डिम्याट) 
     
    ख) कसरी खोल्ने डिम्याट खाता ?

    बैंकमा खाता खोलीसकेपछि बैंकलाई नै डिम्याटको र्फम माग्नुपर्ने हुन्छ र त्यो भरेर दिनुपर्ने हुन्छ । त्यसको एकहप्ताभित्रमा बैंकले डिम्याट अकाउन्ट उपलब्ध गराउँछ । अर्थात नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीडीएस एण्ड क्लियरिङ कम्पनीको सदस्यता लिएका बैङ्क बाहेकका वित्तीय संस्था, मर्चेण्ट बैङ्कर वा ब्रोकर कम्पनीले निश्चित मापदण्ड पूरा गरी निक्षेप सदस्य (डीपी)को कामगर्छन् भने पनि उनीहरुले डिम्याट अकाउन्ट खोलिदिन्छन् । 

    ग) कम्पनीअनुसार छुट्टाछुट्टै डिम्याट खाता

    कम्पनीअनुसार छुट्टाछुट्टै डिम्याट रिक्वेष्ट फारम भनुपर्छ । फारम भरेपछि कम्पनीको शेयर प्रमाणपत्रसमेत डिम्याट खाता भएको कम्पनीलाई अर्थात् डीपीलाई बुझाउनुपर्दछ । ग्राहकबाट लिएको डिम्याट रिक्वेष्ट फारम डीपीले सेयर रजिष्ट्रारमा पठाउँछ र त्यहाँबाट प्रमाणित भएपछि खातामा जम्मा हुन्छ । खाता खेल्नेबित्तिकै डीपीले ग्राहकलाई चेक बुकजस्तै डेलिभरी इन्ष्ट्रक्शन स्लिप दिन्छ । सेयर विक्री गर्नुपर्ने बेलामा यस्तो स्लिपमा कुन कम्पनीको कति कित्ता सेयर बेच्ने हो, भरेर दिनुपर्छ । यस्तो स्लिप भरिसकेपछि हराउनुहुँदैन । भरेको स्लिप हराएमा यो पाउने जोसुकैले पनि कारोबार गर्न सक्छ । यस्तो स्लिप हराएमा सीडीएस एण्ड क्लियरिङमा तुरन्त जानकारी गर्नुपर्छ ।

    कुनै कम्पनीले हकप्रद सेयर जारी गर्न लागेको छ, तर सेयरधनीले सो कम्पनीको सेयर डीपी खातामा जम्मा गरेको छैन भने पहिला त्यस्ता सेयरधनीले डीपी खाता खोलेको कम्पनीलाई सोको जानकारी दिनुपर्दछ । त्यसपछि हकप्रद सेयरको फारम भर्दा डिपोजिटरी पार्ट्सििपेन्ट र बेनिफिसियल ओनर आईडी नम्बर उल्लेख गरेमा सेयर सोझै लगानीकर्ताको खातामा जम्मा हुन्छ ।

    घ) सेयर नहुनेको पनि डिम्याट खाता

    आफूसँग कुनै कम्पनीको शेयर नभएमा पनि डिम्याट खाता खोल्न सकिन्छ । डिम्याट खाता खोलेपछि शेयर कारोबारका लागि डिम्याट रिक्वेष्ट फारम लिएर त्यहाँ भएको तालिकाको आईएसआईएन खण्डमा कुन कम्पनीको सेयर राख्ने हो, त्यसको आईएसआईएन सङ्केत उल्लेख गर्नुपर्छ । आईएसआइएन सङ्केत कम्पनीअनुसार फरक हुन्छ । एउटै कम्पनीको पनि सर्वसाधारण, संस्थापक, अग्राधिकार शेयरको वर्गअनुसार यो सङ्केत फरक हुने गर्दछ । डिम्याट गर्ने कम्पनीसँग सोधेमा यो सङ्केत पाउन सकिन्छ ।

    ङ) एकभन्दा बढी खाता खोल्न पनि मिल्ने

    हितग्राही खाता खोल्न रू. ५० तिर्नुपर्छ भने खाता खोलेपछि वार्षिक शुल्क रू. १ सय लाग्छ । लगानीकर्ताले एकभन्दा बढी डीपीमार्फत खाता खोल्न पाउने पनि सुविधा छ । अलगअलग खाता खोल्दा प्रारम्भिक शुल्क र वार्षिक शुल्क सबैमा बुझाउनुपर्दछ । लगानीकर्ताको खाता विवरण एउटै रहने भए पनि खाता नम्बर भने अलगअलगै हुन्छ

    ३.सी–आस्वा

    सी–आस्वा भनेको के हो ? 

    अनलाइन सेवाको माध्यमबाट घरमै बसेर मोबाईल तथा कम्प्युटरको माध्यमबाट सेयर आवेदन दिन सकिने  व्यवस्थालाई सि–आस्वा प्रणाली भनिन्छ । यसले बैंकमा भएको अमाउन्ट रोक्का गर्ने गर्छ, मानौँ हामीले कुनै आइपिओ भरिसकेपछि अकाउन्टमा होल्ड हुन्छ,यदि पर्यो भने सोही पैसा काटिन्छ र परेन भने र्फिता आउँछ । 

    कसरी भर्नेः

    यसको पनि फर्म हुन्छ बैंकमा मागेर यसलाई पनि भर्नुपर्ने हुन्छ । तत्पश्चात बैंकले एउटा सीआरएन नम्बर दिन्छ । 

    मेरो सेयरः

    मेरो शेयरको र्फम पनि बैंकमा नै भर्नुपर्ने हुन्छ, त्यसको केही दिनमा त्यसको युजर नेम र पार्सफोड मेलमा आउँछ । त्यो लिंकलाई आफुले युजर नेम र पासर्फट चेन्ज गर्नुपर्ने हुन्छ । त्यसपछि नयाँ युजर नेम र पार्सफोट मेरो सेयरमा लगइन गर्नुपर्ने हुन्छ ।

    सुरुमा मोबाईल वा कम्प्युटमा मेरो सेयर एप डाउनलोड गर्नुपर्छ त्यसपछिः

    सुरुको कोठामा डिम्याट खाता खोलेको संस्था छनौट गर्नुहोस्, दोस्रो कोठामा अनलाईन सेवा लिँदा दिएको डिम्याट आइडि टाइप गर्नुहोस् र अन्तिम कोठामा पासवर्ड हान्नुहोस र लगइन मा क्लिक गर्नुहोस । त्यस पछि अर्को कोठा खुल्छ । 

    ३.अब current issue मा क्लिक गर्नुहोस्, त्यसपछि IPO FPO Right share  र  Mutual Fund  जारी गरेका कम्पनीहरुको List  देखाउने छ ।
    ४.अब तपाईले कुन कम्पनीको सेयर आवेदन दिने हो, त्यसको Apply मा क्लिक गर्नुहोस त्यस पछी एउटा फारम खुल्नेछ ।

    त्यहाँ एउटा फारमा आउने छ, सोही फारम को सुरुको कोठामा कती कित्ता सेयर हाल्ने हो, हान्नुहोस । जस्तै ५० कित्ता हान्नुहोस, दोस्रो कोठामा स्वत रकम आउने छ, तेस्रो कोठामा तपाईले सि–आस्वा सुबिधा लिएको बैंक छनौट गर्नुहोस्, शाखा र खाता नम्बर स्वतः आउनेछ र अन्तिम कोठामा  CRN नम्बर हान्नुहोस र Apply मा क्लिक गर्नुहोस्, त्यसपछि फारम खोल्ने छ ।

    पुनः फारमको अन्तिम कोठामा जब तपाईले माथि Apply  गर्नुहुन्छ, तपाईंको ईमेलमा एउटा कोड नम्बर आउँछ, त्यो कोड नम्बरलाई यो फारमको अन्तिम कोठामा पेस्ट वा Type गर्नुहोस,  Type गर्नलाई मोबाईलको screen rotation गर्नुपर्छ  र अन्तिममा conform गरिदिनुहोस ।

    अब तपाईंको सेयर आवेदन सफल भयो भनेर message आउने छ ।

    सेयर आवेदन गरिसकेपछि check application report मा क्लिक गर्नुहोस्, त्यहाँ बैंकले खाताको रकम Check गरेर रोक्का नगरेसम्म unverified  भनेको हुन्छ, खाताको रकम रोक्का गरेपछि मात्र verified हुन्छ ।

    ६. Check application Report मा क्लिक गर्नुहोस् ।

    एकजना ब्यक्तिले एकपटकमा एउटा IPO तथा FPO मा आवेदन दिन सक्छन् । सफटवेयरले लगानीकर्ताको सम्पूर्ण विवरणको रेकर्ड राख्ने हुनाले एक भन्दा बढी आवेदन दिन खोजेमा सफ्टवेयरले अटोमेटिक रूपमा त्यो आवेदन खारेज गरिदिन्छ ।यसरी तपाईहरुले घरमै बसी IPO FPO र Right Share मा सजिलै  आवेदन दिन सक्नुहुनेछ ।

    प्रतिक्रिया दिनुहोस