Logo

Oct 31 2024 | २०८१, कात्तिक १५गते

images

न्याय सम्पादन गर्दा मातृभाषाकाे प्रयोग हुनुपर्छ : मन्त्री श्रेष्ठ


नया सडक

२०८१, वैशाख १७ सोमबार

  • 690
    Shares

  • न्याय सम्पादन गर्दा मातृभाषाकाे प्रयोग हुनुपर्छ : मन्त्री श्रेष्ठ

    सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले न्यायिक समितिले सङ्घीयताको ब्यबहारिक अभ्यास गरिरहेको बताएका छन् । साेमबार सिन्धुपाल्चोककाे चाैतारामा आयोजित स्थानीय तहका पदाधिकारी तथा कर्मचारीको लागि कानुन निर्माण, मेलमिलाप तथा राजपत्र सम्बन्धी अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले न्यायिक समितिले सङ्घीयताको ब्यबहारिक अभ्यास गरिरहेको बताएका हुन् । उनले न्यायिक समितिले नागरिकलाई न्यायमा सहज पहुँच दिएको बताए । समितिले द्वन्द समाधान गर्न र सुशासन कायम गर्न भूमिका खेलिरहेको उनले बताए ।

    उनलेे न्यायिक समिति सङ्घीय लोकतान्त्रिक गणतन्त्रको ठुलो उपलब्धि भएको बताए । मन्त्री श्रेष्ठले न्याय सम्पादन गर्दा मातृभाषाको प्रयोग हुनुपर्ने बताए । उनले कतिपय अवस्थामा भाषा नबुझ्दा न्याय निरुपणमा समस्या आउने गरेको भन्दै भाषाका कारण कुनै समस्या आउनु नहुने बताए । बागमती प्रदेशमा वैशाख २४ गतेबाट तामाङ र नेपाल भाषालाई कामकाजको भाषाको रूपमा कार्यान्वयन गरिने जानकारी दिदै उनले बागमती प्रदेशमा तामाङ र नेपाल भाषाका अनुवादक राखेर न्याय निरुपण गर्नुपर्ने कुरामा जोड दिए । मन्त्री श्रेष्ठले न्यायिक समितिका पदाधिकारीहरुले न्याय निरुपण गर्दा निष्पक्षता र तटस्थतामा जोड दिनुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस