Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

चालु आर्थिक वर्षदेखि  पशुपति आर्यघाटस्थित विद्युत शवदाह  निःशुल्क हुने


नया सडक

२०८१, वैशाख १९ बुधबार

  • 696
    Shares

  • चालु आर्थिक वर्षदेखि  पशुपति आर्यघाटस्थित विद्युत शवदाह  निःशुल्क हुने

    काठमाडौं । चालु आर्थिक वर्षदेखि  पशुपति आर्यघाटस्थित विद्युत शवदाह  निःशुल्क हुने भएको छ ।पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बुधबार कार्यभार ग्रहण गर्दै आगामी साउन १ गतेदेखि विद्युतीय शवदाह गृह निशुल्क गर्ने निर्णय गरेका हुन् ।

    अहिले विद्युतीय शवदाहका लागि ४ हजार ५०० शुल्क लाग्छ ।पशुपति मन्दिरको गर्भगृहमा जलहरी राख्ने सन्दर्भमा परेको मुद्दामा सदस्य सचिव डा. थापासहित तीन  जनालाई विशेष अदालतले बुधबार सफाइ दिएको थियो ।

    विशेष अदालतका अध्यक्ष एवं न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले डा. मिलनकुमार थापासहित डा. प्रदीप ढकाल, बिसेट नाइके अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो ।अख्तियार दुरुपयोग अनुन्धान आयोगले २०८० असोज १४ गते उनीहरूविरुद्ध मुद्धा दायर गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस