Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

धादिङमा भएको आगलागीमा परी  घरमा बस्ने दम्पतीको मृत्यु


नया सडक

२०८१, वैशाख २० बिहीबार

  • 558
    Shares

  • धादिङमा भएको आगलागीमा परी  घरमा बस्ने दम्पतीको मृत्यु

    काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५, गैरीखर्कमा भएको आगलागीमा परी एक दम्पतीको मृत्यु भएको छ ।बुधबार राति आगोमा जलेर घरभित्रै रहेका ७० वर्षीय तेजबहादुर लामा र उनकी श्रीमती ठूली तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

    प्रहरीले आगलागीको खबर गएराति साढे ११ बजे  पाएको थियो । नजिकको हाप्सेचौर अस्थायी प्रहरी पोष्टबाट प्रहरी टोली पुग्दा घर पूरै जलिरहेको थियो ।
    जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता मकेन्द्र मिश्रले जनाए अनुसार दमकल जाने स्थिति पनि थिएन ।  राति साढे १२ बजे आगो निभेपछि घरभित्र हेर्दा दुई जनाको मृत्यु भएको देखियो । 

    आगोमा जलेको  धनमाल क्षतिको विवरण संकलनका लागि इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली खटिएको र प्रतिवेदन बन्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस