Logo

May 18 2024 | २०८१, जेठ ५गते

images

नागरिकको स्वास्थ्यप्रति वर्तमान सरकार संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ


नया सडक

२०८१, वैशाख २३ आइतबार

  • 339
    Shares

  • नागरिकको स्वास्थ्यप्रति वर्तमान सरकार संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको   प्रधानमन्त्री प्रचण्डको भनाइ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  नागरिकको स्वास्थ्यप्रति वर्तमान सरकार संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा सोमबार  प्रधानमन्त्री प्रचण्डले  यस्तो बताएका हुन् ।

    images

    नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको  बताउँदै प्रधानमन्त्री प्रचण्डले   सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको   र  निकै ठूलो मेहनेत र सङ्घर्षबाट प्राप्त भएको नागरिको मौलिक हक कार्यान्वयन गर्न सरकार गम्भीर भएर लागेको बताए

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई स्वदेशी तथा विदेशी शैक्षिक निकायसँग समन्वय र सहकार्य गरी समयानुकूल बनाइने बताउँदै प्रधानमन्त्रीले अन्तर्राष्ट्रियस्तर शैक्षिक प्रतिष्ठान बनाउन आफ्नोतर्फबाट निरन्तर सहयोग रहने विश्वास दिलाए ।

    आफूले सरकारको नेतृत्व लिएलगत्तै वीर अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल लिएको अवगत गराउँदै प्रधानमन्त्री प्रचण्डले सबै बेड तथा अपरेशन थिएटरहरू सञ्चालनमा ल्याउने र वीर अस्पतालको सेवालाई दुई सिफ्टमा सञ्चालन गर्नेलगायतका कार्यलाई प्राथमिकता दिएको बताए ।

    प्रतिक्रिया दिनुहोस