Logo

May 18 2024 | २०८१, जेठ ५गते

images

भक्तपुरस्थित प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा एक भारतीयसहित दुई घाइते


नया सडक

२०८१, वैशाख २३ आइतबार

  • 336
    Shares

  • भक्तपुरस्थित प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा एक भारतीयसहित दुई घाइते

    काठमाडौं । भक्तपुरको दुवाकोटस्थित प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा मालसामान जल्नुका साथै दुई जना घाइते भएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटस्थित सन्तोषमान श्रेष्ठले सन्चालन गरेको ज्योति प्लाई कार्पेट कारखानामा गएराति आगलागी हुँदा दुई जना घाइते भएका छन्  भने    झन्डै २ करोड रुपैयाँ बराबरको क्षति भएकोप्रारम्भिक अनुमान गरिएको हो  

    images

    गएराति १२ बजे  लागेको  आगो निभाउन भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेबाट ७ वटा दमकल तथा चार वटा पानी ट्यांकर प्रयोग गरिएको थियो । नेपाल प्रहरीका ४७ जना र सशस्त्र प्रहरीको १३ जनाको टोली समेत खटिएका थिए । 

    आज बिहान ४ बजे आगो नियन्त्रणमा लिइए पनि हालसम्म पनि पूर्णरुपमा ननिभेको भक्तपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजन कार्कीले जानकारी सार्वजनिक गरे अनुसार  आगो लागेको स्थानबाट अहिले पनि धुवाँ आइरहेकाले दमकल र स्काभेटरको सहयोगमा आगो निभाउने काम जारी रहेको छ ।

    आगलागीमा परी रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं. ६ घर भई हाल भक्तपुरको दुवाकोट बस्ने वर्ष २३ को बुद्धनारायण श्रेष्ठ सामान्य घाइते भएका छन् ।

    यसैगरीको भारत घर घई उद्योगमा काम गर्ने २९ वर्षका मनु उर्वा गम्भिर घाइते भएका छन् । उनलाई सुरुमा उपचार गर्न भक्तपुरको डा.ईवामुरा अस्पताल लगिएकोमा थप उपचारका लागि राति साढे १ बजे कीर्तिपुर अस्पताल लगिएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस