काठमाडौं । आज नेप्से परिसूचक २४.५८ प्रतिशतले घटेर १९७४.३७ विन्दुमा आएको छ । आज ३ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । निर्जीवन बिमा र माइक्रोफाइनान्सबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।
यस दिन ३१६ कम्पनीको ९७ लाख ६२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १२ करोड ६४ लाख रुपैयाँसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र पोखरा फाइनान्स परेका छन् ।