Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

८० वर्ष यता पहिलो पटक जनसंख्या वृद्धिदर १ प्रतिशत मुनि


नया सडक

२०८१, वैशाख २३ आइतबार

  • 276
    Shares

  • ८० वर्ष यता पहिलो पटक जनसंख्या वृद्धिदर १ प्रतिशत मुनि

    काठमाडौं ।  ८०  वर्षको इतिहासमा नेपालको जनसंख्या वृद्धिदर  पहिलो पटक १ प्रतिशत मुनि गएको छ  ।जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरु सार्वजनिक गर्दै निर्देशक ढुण्डिराज लामिछानले यो तथ्यांक प्रस्तुत गरेका हुन् ।

    लामिछानेद्वारा सार्वजनिक तथ्यांकको आधामा नेपालमा वार्षिक ०.९२ को दरले वृद्धि भइरहेको छ ।यसैगरी सो तथ्यांक अनुसार नेपालमा २ करोड ९१÷९२ लाखको हाराहारीमा जनसंख्या छ । २०६८ साल र २०७८ सालको अवधिमा करिव २७ लाखको वृद्धि भएको थियो । सबैभन्दा बढी जनसंख्या वृद्धि लुम्बिनी प्रदेशमा १३.८ प्रतिशतले भएको पनि लामिछानेले जनाए ।

    जम्मा दुई पुस्ता (आमाबुबा र छोराछोरी) मात्रै रहने एकल परिवार भनिन्छ । त्यो बाहेकको परिवार संयुक्त परिवार हो । परिवारको संरचनाले पनि हरेक कुराहरु आर्थिक तथा सामाजिक संरचनाहरुमा सकारात्मक वा नकारात्मक प्रभाव पार्दछ । नेपालमा अहिले ६० प्रतिशत एकल परिवार रहेका छन् । ४० प्रतिशत संयुक्त परिवारमा बसोवास गर्दछन् । मधेस प्रदेशमा संयुक्त परिवारको अवधारणा बढी छ । वागमतीमा एकल परिवार बढी छ भने संयुक्त परिवार बसोवास गर्ने प्रदेशमा बागमती अन्तिममा पर्छ ।

    यसैगरी  एक वर्षमा शिशुहरुको कोरा जन्मदर हेर्दा नेपालमा १४.२ प्रतिशत (हजारमा १४ जना) जन्मशर्त जन्म भएको देखिन्छ । जन्मिने हिसावको क्रममा सबैभन्दा कम गण्डकी प्रदेशमा छ । गण्डकी प्रदेशमा वार्षिक जनसंख्या वृद्धिदर ०.२५ प्रतिशत छ । यसको प्रभाव कोरा जन्मदरमा पनि परेको देखिन्छ । प्रतिहजारमा ११ जना मात्रै जन्म भएको देखिन्छ । यो सबैभन्दा बढी कर्णाली प्रदेशमा १८.६ अर्थात एक हजारमा १८ देखि १९ जना जन्म भएको देखिन्छ । कोरा जन्मदर घट्दो क्रममा छ । २०२८ सालदेखि २०७८ सालसम्मको अवधिमा द्रुतगतिमा कोरा जन्मदर घट्दो छ । ०६८ मा २२.४ थियो भने ८ जनाको दरले यो अवधिमा घटेको छ ।

    एउटा (१५—४९) वर्षका महिलाहरुले आफ्नो प्रजनन उमेरमा जन्माउने जम्माजम्मी छोरीहरुको संख्या १ जना महिलाले नेपालमा  प्वाइन्ट ७३ छोरीहरु जन्माउँछन् । सबैभन्दा बढी छोरी जन्माउने ठाउँ कर्णाली प्रदेश हो । कर्णालीमा सय जनामा ७९ जना महिलाहरुबाट  छोरीहरु जन्मिएको देखिन्छ । सबैभन्दा कम छोरीहरुको जन्म बागमती प्रदेशमा भएको छ । छोरीहरुको संख्या जति घट्छ जन्मदर द्रुत गतिमा घट्दै जाने खतरा हुन्छ । 

    प्रतिक्रिया दिनुहोस