काठमाडौं । बागमती प्रदेश अन्तर्गतका कार्यालयहरुमा आज सार्वजनिक बिदा दिइएको छ , तर संघीय कार्यालयहरु, बैंक, बीमा, सेयरबजार खुला रहने छन । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमतीमा सरकारी कामकाजको भाषाको रूपमा लागु हुने दिनको अवसरमा प्रदेशका सम्पूर्ण सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारहरूले सार्वजनिक बिदा दिँदा संघीय सरकार मातहतका कार्यालयहरू खुला रहने छन । भने बैंक, बीमा, सेयरबजार खुला रहने छन ।