Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

एनआरएनए अभियन्ता डीबी क्षेत्री माओवादीको केन्द्रीय सदस्यमा मनोनीत , शर्मा एसिया समन्वय प्रदेश समितिको सह–इञ्चार्ज

एनआरएनए अभियन्ता डीबी क्षेत्री माओवादीको केन्द्रीय सदस्यमा मनोनीत , शर्मा एसिया समन्वय प्रदेश समितिको सह–इञ्चार्ज

  • काठमाडौँ । सत्तारुढ नेकपा(माओवादी केन्द्र)को केन्द्रीय सदस्यमा एनआरएनए अभियन्ता डीबी क्षेत्री मनोनीत भएका छन । पार्टी केन्द्रीय कार्यालय ९पदाधिकारी० को वैशाख २१ गते बसेको बैठकको निर्णयअनुसार उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो । प्रवासमा रहेर उनले पार्टीका लागि खेलेको भूमिकालाई उच्च मूल्यांकन गर्दै केन्द्रीय सदस्यमा मनोनीत गरिएको महासचिव देव गुरुङले जानकारी दिए ।

    यसबारेमा पार्टीले मातहतका कमिटीलाई सर्कुलर नै पठाएर जानकारी गराइसकेको छ । ओमानलाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएका क्षेत्री प्रवासमा पार्टीको संगठन विस्तारमा सक्रिय हुँदै आएका छन । गैरआवासीय नेपाली संघ ९एनआरएनए०को नेता समेत रहेका उनी मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको हकहितका लागि सक्रिय रहँदै आएका छन ।

    उनले श्रमिकको पक्षमा काम गर्नका लागि विगतमा हजारे अभियान समेत सञ्चालन गरेका थिए । उनी मध्यपुर्वमा रहेका श्रमिकहरुबिच लोकप्रिय ब्यक्ति रहेका थिए ।
    श्रमिकहरुका बिच लोकप्रिय ब्यक्ति  क्षेत्रीलाई केन्द्रीय सदस्य बनाएपछि माओवादीको प्रवासमा रहेका नेपालीहरुमा लोकप्रियता बढेको छ ।
    यस्तै माओवादी केन्द्रले दुई नेतालाई भने जिम्मेवारीबाट हटाएको छ । केन्द्रीय सदस्यको भूमिकामा रहेका  राम कुमार शर्मा र इन्दु कुमारी शर्मालाई जिम्मेवारीबाट हटाइएको हो । उनीहरुले केही समयअघि पार्टी परित्यागको घोषणा गरेका थिए ।  ‘ पूर्ण केन्द्रीय सदस्य राम कुमार शर्मा र इन्दु कुमारी शर्माले पार्टी परित्याग गरेको हुनाले उहाँहरु दुवै जनालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाइएको छ’, गुरुङले भने ।

    यस्तै पार्टीका केन्द्रीय सदस्य ओमनाथ ढुंगाना ९ओम शर्मा०को जिम्मेवारी हेरफेर भएको छ । हाल प्रदेश समन्वय समितिका अध्यक्ष रहेका शर्मालाई पार्टीले एसिया समन्वय प्रदेश समितिको सह–इञ्चार्जको जिम्मेवारी दिएको हो ।  केहीअघि  सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले प्रदेश समन्वय समितिलाई समग्र तीन प्रदेशमा विभाजन गर्ने निर्णयअनुसार पार्टीले शर्मालाई एसिया समन्वय प्रदेश समितिको सह–इञ्चार्जको जिम्मेवारी दिएको हो ।शर्माले प्रवास समन्वय समितिको नेतृत्वमा हुँदा प्रवासमा संगठन विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए ।  एसिया समन्वय प्रदेश समितिको इन्चर्ज भने उपाध्यक्ष पम्फा भुसाल रहेकी छन ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij