Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

महिला लघुवित्तको खुद नाफा २३ प्रतिशतले घट्यो


नया सडक

२०८१, वैशाख २४ सोमबार

  • 750
    Shares

  • महिला लघुवित्तको खुद नाफा २३ प्रतिशतले घट्यो

     

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रैमाससम्म ४ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा २३ प्रतिशतले कम हो ।

    यस संस्थाको खुद ब्याज आम्दानी घट्दा नाफामा दबाब परेको हो । २० करोड ५८ करोड रहेको उक्त आम्दानी अहिले घटेर ११ करोड ६३ लाख कायम भएको छ ।  यसले इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको छ । संस्थाले ३ करोड ५६ लाख रुपैयाँ उक्त चार्ज रिभर्स गरेको छ ।हाल महिलाको चुक्ता पुँजी २१ करोड ७५ लाख ६२ हजार रुपैयाँको रहेको छ । यसको जगेडा कोषमा १७ करोड ८५ लाख जम्मा छ । यसको वितरणयोग्य नाफा ३ करोड ६४ लाख रहेको छ । यसअवधिसम्म आइपुग्दा यो लघुवित्तको प्रतिसेयर आम्दानी ७.४९ रुपैयाँले घटेर २४.६८ रुपैयाँ कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने २०१.८६ रुपैयाँ देखिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस