काठमाडौं । हुण्डी कारोबार भएको आशंकामा ठमेलको होटेल भियनामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा हानेको छ । सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ मुलका बेल्जिम नागरिक दावा छिरिङ समेतको लगानी रहेको होटेल भियनामा सीआईबीले हुण्डी कारोबार भएको आशंकामा छापा मारेको हो ।
सीआईबी स्रोतका अनुसार हुण्डी कारोबारमा सम्लग्न भएको आशंकामा केहि ब्यक्तिलाइ र्कमसहित पक्राउ गरिएको छ । यसअघि पनि उक्त होटलमा प्रहरी र राजश्व अनुसन्धान विभागको छुट्टाछुट्टै छापा मार्दै आएका थिए ।