Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

आर्थिक वर्षको ६ महिनामा कोकाकोलाको व्यापार ४ अर्ब ५९ करोड ९९ लाख


नया सडक

२०८१, वैशाख २७ बिहीबार

  • 711
    Shares

  • आर्थिक वर्षको ६ महिनामा कोकाकोलाको व्यापार ४ अर्ब ५९ करोड ९९ लाख


    काठमाडौं । नेपालमा कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपालले चालु आर्थिक वर्षको ६ महिनामा ४ अर्ब ५९ करोड ९९ लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा १२ अर्ब ६४ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो जुन सन् २०२२ को तुलनामा ०।९३ प्रतिशतले बढी हो ।

    यस्तै  कम्पनीले सन् २०२२ मा १२ अर्ब ५२ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो भने २०२१ मा ८ अर्ब २९ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।बोटलर्स नेपाल लिमिटेडको सहायक कम्पनी बोटलर्स नेपाल तराई कम्पनी कोकाकोलाको नेपालका लागि आधिकारिक बिक्रेता हो ।

    कम्पनीले साउथवेस्ट एसिया होल्डिङ लिमिटेडसँग सहकार्य गरेर नेपालमा सन् १९७९ देखि बिक्री गर्दै आएको छ । कम्पनीमा ७६ प्रतिशत हिस्सा बोटलर्स नेपालको छ भने गोर्खा ब्रुअरी लिमिटेडको २२ प्रतिशत छ । बाँकी हिस्सा सर्वसाधारणको छ ।

    नेपालमा कोकाकोला उत्पादक बोटलर्स नेपालको दोस्रो तथा सबैभन्दा ठूलो कारखाना भरतपुरको गोन्द्राङमा छ ।नेपाली पेय पदार्थ बजारमा ठूलो हिस्सा ओगटेको कम्पनीले अल्पकालीन कर्जाका लागि ३ अर्ब ३७ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको क्रेडिट रेटिङ एजेन्सी इक्राले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस