Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नेपाललाई ‘प्यान्डामिक फन्ड’ ‘स्पिड’ परियोजनाअन्तर्गत स्वास्थ्य क्षेत्र सुधारका लागि करिब २ अर्ब ५१ करोड ३५ लाख रुपैयाँ प्राप्त


नया सडक

२०८१, वैशाख २७ बिहीबार

  • 951
    Shares

  • नेपाललाई  ‘प्यान्डामिक फन्ड’ ‘स्पिड’ परियोजनाअन्तर्गत स्वास्थ्य क्षेत्र सुधारका लागि करिब २ अर्ब ५१ करोड ३५ लाख रुपैयाँ प्राप्त

    काठमाडौं । नेपालले  ‘प्यान्डामिक फन्ड’ ‘स्पिड’ परियोजनाअन्तर्गत स्वास्थ्य क्षेत्र सुधारका लागि करिब २ अर्ब ५१ करोड ३५ लाख रुपैयाँ (१ करोड ८८ लाख अमेरिकी डलर ) प्राप्त गरेको छ ।

    बिहीबार नेपाल सरकार, युनिसेफ, विश्व स्वास्थ्य संगठन र अन्य साझेदार संस्थाका पदाधिकारीको उपस्थितिमा उक्त परियोजनाको शुभारम्भ गरिएको छ ।

    तीन वर्ष चल्ने यो परियोजनाको नेतृत्व नेपाल सरकारले गर्नेछ भने विश्व स्वास्थ्य संगठन, युनिसेफ र एफएओको संलग्नता रहनेछ ।

    यो परियोजना अनुदानमा आधारित हो । यसका लागि १७९ आवेदकबाट नेपाल पनि छनोट भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार परियोजनाको रकम जनशक्ति उत्पादन, प्रयोगशाला विस्तार र सुधारलगायत क्षेत्रमा खर्च गरिने छ ।

    प्रतिक्रिया दिनुहोस