Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

दरबारमार्गबाट हुन्डीको ९८ लाख रुपैयाँसहित २ जना पक्राउ

दरबारमार्गबाट हुन्डीको ९८ लाख रुपैयाँसहित २ जना पक्राउ

  •  काठमाडौं । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन ।पक्राउ पर्ने दुवैजना बुटवल घर भएका पुरुष रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।पक्राउ परेका बारे प्रहरीले थप खुलाएको छैन । दरबारमार्ग स्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा आरोपीहरू पक्राउ परेका हुन् ।  घटनाबारे काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij