Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

समता घरेलु लघुवित्तको खुद नाफा ३२१ प्रतिशतले बढ्यो


नया सडक

२०८१, वैशाख २८ शुक्रबार

  • 585
    Shares

  • समता घरेलु लघुवित्तको खुद नाफा ३२१ प्रतिशतले बढ्यो

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रैमाससम्म ३ करोड ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ३२१ प्रतिशत धेरै हो ।

    संस्थाको इम्पेयरमेन्ट चार्ज रिभर्स भएको छ । जसकारण नाफमा सुधार आएको हो । यसले ६३ लाख ६९ हजार रुपैयाँ उक्त चार्ज रिभर्स गरेको छ। गत वर्ष यसको इम्पेयरमेन्ट चार्ज ३ करोड ८० लाख थियो। संस्थाको खुद ब्याज आम्दानी १४ करोड ५१ लाख रुपैयाँ पुगेको छ। 
    हाल समताको चुक्ता पुँजी ४१ करोड ५५ लाख २७ हजार रुपैयाँको रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस