Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

कैलालीका जलाधार अधिकृतविरूद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

कैलालीका जलाधार अधिकृतविरूद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

  • काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने उद्देश्यले सेवाग्राहीसँग १ लाख २० हजार घुस मागेको पुष्टि भएपछि उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको  हो ।

    अख्तियारका प्रवक्ता नगहरि घिमिरेले जानकारी सार्वजनिक गरे अनुसार   अख्तियार दुरूपयोग अनुसन्धान आयोग, नेपालगञ्जको टोलीले वैशाख ५ गते सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो ।

    उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १ लाख २० हजार बिगो मागदाबी गरेको अख्तियारले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij