Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज मर्मतमा भएको ढिलाइबारे छानबिन गर्न समिति गठन


नया सडक

२०८१, वैशाख २८ शुक्रबार

  • 741
    Shares

  • नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज मर्मतमा भएको ढिलाइबारे छानबिन गर्न समिति गठन

    काठमाडौं ।  नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज मर्मतमा भएको ढिलाइबारे छानबिन गर्न समिति गठन गरिएको छ ।नेपाल एयरलाइन्स व्यवस्थापनले निगमको ९एन–एकेएक्स जहाजको इन्जिन मर्मतमा करिब ५ महिनाभन्दा बढी समय लागेको विषयमा छानबिन समिति गठन गरेको हो ।

    निगमका प्रवक्ता रमेश पौडेलले   जानकारी सार्वजनिक गरे अनुसार  निगम सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य सुधिर शमशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

    यो समितिलाई  जहाजको इन्जिन इजरायल एरोस्पेस इन्ड्रस्ट्रिजमा मर्मतका लागि पठाएकोमा समयमा नआएको र भाडाको इन्जिन समयमा नदिएको सम्बन्धमा छानबिन र अध्ययन गरी १५ दिनभित्र सिफारिससहितको प्रतिवेदन बुझाउने गरी कार्य आदेश दिइएको छ ।

    निगमका प्रवक्ता पौडेलले  जानकारी सार्वजनिक गरे अनुसार सम्झौताको सर्तअनुसार समयमा इन्जिन दिन नसकेको सम्बन्धमा निगमको सीएएम डिपार्टमेन्टबाट क्षतिपूर्ति दाबी गर्ने प्रक्रिया समेत अगाडि बढेको छ ।

    प्रतिक्रिया दिनुहोस