Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने पक्राउ

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने पक्राउ

  • काठमाडौँ । नेपाल प्रहरीले सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा रहँदा आफ्नो श्रीमान्सँग सामाजिक सञ्जालमा कुराकानी गर्ने क्रममा आदानप्रदान भएका गोप्य अङ्ग देखिने तस्बिर÷भिडियो पीडितका साथीलाई पठाउने मकवानपुरका २४ वर्षीय फुर्साङ रुम्बालाई पक्राउ गरी प्रहरीको साइबर ब्यूरोले आज सार्वजनिक गरेको हो ।

    ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले फेक एकाउण्ट बनाएर गोप्य अङ्ग देखिने तस्बिर÷भिडियो पीडितका साथीहरुलाई पठाएको अभियोगमा रुम्बालाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका रुम्बामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अवस्थीले बताउनुभयो ।(रासस) 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij