Logo

Nov 27 2024 | २०८१, मंसिर १२गते

images

कांग्रेसको अवरोधपछि  प्रतिनिधिसभाको दोस्रो बैठक पनि स्थगन


नया सडक

२०८१, वैशाख २८ शुक्रबार

  • 894
    Shares

  • कांग्रेसको अवरोधपछि  प्रतिनिधिसभाको दोस्रो बैठक पनि स्थगन

     

    काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण अवरुद्ध  भएको छ ।

     

    पहिलो बैठकमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले विरोध र नाराबाजी गरेपछि १५ मिनेटका लागि स्थगन भएको थियो । सभामुख देवराज घिमिरेले दोस्रो बैठकको कारबाही आरम्भ गर्नासाथ प्रतिपक्षीका सांसदले रोष्ट्रम घेराउसहित नाराबाजी गर्नुभएको थियो ।  यसपछि सभामुख घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिन खोज्दा विपक्षीदलका सांसदले अवरोध पु¥याउनुभएको थियो ।  सभामुख घिमिरेले आसनग्रहण गरी उपप्रधानमन्त्री लामिछानेका कुरा सुनेर आफ्ना कुरा राख्न आग्रह गर्दा पनि विपक्षी दलका सांसदले नमानेपछि आजको कार्यसूचीमा रहेका कार्यक्रम बैठक स्थगनको घोषणा गर्नुभयो । सभाको अर्को बैठक आगामीजेठ १ गते मङ्गलबार साँझ ६ बजेका लागि तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस