Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

भन्सार छली गरेर ल्याउँदै गरिएका  तीन ट्रक लत्ता कपडासहितका मालवस्तु कसका?


नया सडक

२०८१, वैशाख ३० आइतबार

  • 1.2k
    Shares

  • भन्सार छली गरेर ल्याउँदै गरिएका  तीन ट्रक लत्ता कपडासहितका मालवस्तु कसका?

    काठमाडौं । भन्सार छली गरेर ल्याउँदै गरिएका तीन ओटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।चितवन प्रहरीले चितवनको राप्ती नगरपालिका लोथरबाट गत २७ गते मध्यराति भन्सार छली गरेर ल्याउँदै गरिएका तीन ओटा ट्रक नियन्त्रणमा लिएको हो ।

    प्रहरीका अनुसार ना. ३ ख ४३४२  बा प्र ०१–००६ ख अ८२८ र ना ६ ख ८०३२ नम्बरका ट्रक नियन्त्रणमा लिइएको हो । उक्त ट्रकमा भन्सार छली गरी ल्याइएका लत्ता कपडाहरू र अन्य खुद्रा मालसामान भेटिएको छ ।

    तीनओटा ट्रकमा भरिएका सामानको मूल्य अन्दाजी १ करोड ५० लाख भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीले उक्त तीन ओटै ट्रकसहित सामानलाई राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ ।

    राजस्व अनुसन्धान कार्यालय पथलैया स्रोतका अनुसार उक्त मालवस्तुको मूल्यांकन गर्ने काम भइरहेको बताइएको छ । यतिठुलो परिमाणमा बिना बिल बीजकको सामान कसरी आयो ? जिल्ला प्रहरी कार्यालय पर्सा, राजस्व अनुसन्धान कार्यालय पथलैयालाई समेत झुक्याएर ल्याइएको यो सामान कसको हो ?

    प्रतिक्रिया दिनुहोस