Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

यस्तो छ देशको समग्र अर्थतन्त्रको ऐना


नया सडक

२०८१, वैशाख ३० आइतबार

  • 615
    Shares

  • यस्तो छ देशको समग्र अर्थतन्त्रको ऐना

    काठमाडौं । नेपाल राष्ट्र बैंकले समग्र अर्थतन्त्रको ताजा परिदृश्य सार्वजनिक गरेको छ । राष्ट्रबैकले आइतबार सार्वजनिक गरेको ९ महिनामा मुद्रा स्फिती घटेको जनाएको हो ।बैंकको आर्थिक अनुसन्धान विभागले चैत महिनासम्म सार्वजनिक गरेको प्रतिवेदन चालु आर्थिक वर्ष २०८०/८१को ९ महिनामा उपभोक्ता मूल्य सूचांकमा आधारित मुद्रा स्फिती ४.६१ प्रतिशत रहेको छ  । यस्तै कुल वस्तु व्यापार घाटा सो अवधिमा २.८ प्रतिशतले घटेको छ ।  राष्ट्र र्बैकले २.८ आयात र निर्यात ३.७ प्रतिशतले घटेको जनाएको हो ।

    सोही अवधिमा रेमिट्यान्स विप्रेषण आप्रवाह १९.८ प्रतिशत नेपाली रुपैयाँमा  र अमेरिकी डलरमा सो व्रिप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेको छ  भने शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोड बचतमा रहेको छ ।केन्द्रीय बैंकका अनुसार विदेशी विनिमय सञ्चितिमा १९ खर्ब  ११ अर्ब ६८ करोड नेपाली रुपैयामा र अमेरिकी डलरमा १४ अर्ब ३६ करोड रहेको छ ।सार्वजनिक गरे अनुसार सरकारको खर्च ९ खर्ब ९ अर्ब ३९ करोड र राजस्व परिचालन रु ७ खर्ब ४८ अर्ब ४ करोड रहेको छ ।

    केन्द्रीय बैंकको प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ७.२ प्रतिशतले बढेको छ । निजी क्षेत्रमा प्रवाहित कर्जा ४.६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.५ प्रतिशत निजीक्षेमा प्रवाहित कर्जाको वृद्धिदर ४.९ रहेको प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस