Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

तोलामा रु तीन सयले घट्यो सुनको मूल्य  , प्रतितोला रु एक लाख ३८ हजार एक सय


नया सडक

२०८१, वैशाख ३१ सोमबार

  • 588
    Shares

  • तोलामा रु तीन सयले घट्यो सुनको मूल्य  , प्रतितोला रु एक लाख ३८ हजार एक सय

     

    काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ३८ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३८ हजार एक सय निर्धारण भएको छ ।

     

    यस्तै तेजाबी सुन आइतबार रु एक लाख ३७ हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३७ हजार चार सय ५० निर्धारण भएको छ ।

     

    त्यस्तै चाँदीको मूल्य तोलामा रु १० ले ओरालो लागेको छ । आइतबार प्रतितोला रु एक हजार सात सय २५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय १५ निर्धारण भएको छ । रासस

    प्रतिक्रिया दिनुहोस