Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नेपाल टेलिकमको तेस्रो त्रैमासिकमा  खुद नाफा ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ


नया सडक

२०८१, वैशाख ३१ सोमबार

  • 678
    Shares

  • नेपाल टेलिकमको तेस्रो त्रैमासिकमा  खुद नाफा  ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ

    काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा  नेपाल टेलिकमले  ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।नेपाल टेलिकमले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत यस्तो जनाएको हो ।

    टेलिकमको यो नाफा अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा ३.३५ प्रतिशतले बढी हो । गत वर्ष टेलिकमले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

    चैतसम्म आइपुग्दा टेलिकम कम्पनीको सञ्चालन आम्दानी भने घटेको छ । टेलिकमले गत वर्ष २७ अर्ब ३४ करोड रुपैयाँ सञ्चालग आम्दानी गरेको थियो । हाल कम्पनीको सञ्चालन आम्दानी घटेर २५ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ । यसैगरी  वित्तीय आम्दानी पनि ५ अर्ब ७० करोडबाट घटेर ५ अर्ब १८ करोड रुपैयाँमा झरेको छ ।कम्पनीको प्रतिसेयर नेटवर्थ ५ सय १२ रुपैयाँ ९९ पैसा छ ।

    प्रतिक्रिया दिनुहोस