Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

जनता समाजवादी पार्टी नेपाल सरकारबाट हट्यो , उपेन्द्र यादवसमेतले दिए सरकारबाट राजीनामा


नया सडक

२०८१, वैशाख ३१ सोमबार

  • 720
    Shares

  • जनता समाजवादी पार्टी नेपाल सरकारबाट हट्यो , उपेन्द्र यादवसमेतले दिए सरकारबाट राजीनामा

    काठमाडौं । विकसित राजनीति परिस्थितिमा सरकारमा बसी निरन्तरता दिन गाह्रो भएको भन्दै  उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार प्रधानमन्त्रीलाई सम्बोधन गरी  राजीनामा पत्र पठाएका हुन् ।

    उनले राजीनामा पत्र मार्फत् भनेका छन्  ‘सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन गरिएको सरकारमा विगत करिब दुई महिनादेखि म उपप्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु’ ।

    आजै बस्न लागेको पार्टीको कार्यकारिणी समितिको बैठक अगाडि नै उनले राजीनामा बुझाएका हुन् । वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् ।

    अध्यक्ष यादव स्वास्थ्यमन्त्रीको हैसियतमा अमेरिकामा आयोजित कार्यक्रममा भाग लिन गएका बेला अघिल्लो साता जसपा नेपाल विभाजन भएको थियो । सो पार्टीका वरिष्ठ नेता अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी गठन गरिएको थियो । राई नेतृत्वको जनता समाजवादी पार्टी  अहिले प्रचण्ड नेतृत्वको सरकारबाट हट्ने निर्णय गरेको छैन् । यादव फर्किएर प्रधानमन्त्री प्रचण्डसँग भेटेर तत्काल सरकारमा बसिरहने जनाएको एक साता नबित्दै सरकारबाट राजीनामा दिएका छन् । 

    प्रतिक्रिया दिनुहोस