Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

वणिज्य नियोगमा नियुक्त गर्न राजस्व अनुसन्धान विभागका निर्वतमान महानिर्देशक ढुंगानासहित दुईसहसचिव परराष्ट्र सरुवा


नया सडक

२०८१, जेठ १ मंगलबार

  • 330
    Shares

  • वणिज्य नियोगमा नियुक्त गर्न राजस्व अनुसन्धान विभागका निर्वतमान महानिर्देशक ढुंगानासहित दुईसहसचिव परराष्ट्र सरुवा

    काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशकको जिम्मेवारीबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय तानिएका निवर्तमान महानिर्देशक नवराज ढुंगानासहित त्यहाँका दुई सहसचिवहरुलाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ ।

    पराराष्ट्र मन्त्रालय अन्तरगतका आकर्षक मानिने वाणिज्य नियोगहरुमा नियुक्ति दिलाउन निर्वतमान महानिर्देशक नवराज ढुंगाना र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रशासन महाशाखा हेर्ने नारायणप्रसाद भट्टलाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको हो ।

    लामो समयदेखि प्रधानमन्त्री कार्यालयको प्रशासन महाशाखा प्रमुख तथा प्रवक्ता समेत रहेका भट्टलाई चीनको ग्वान्झाओस्थित महावाणिज्यदूतावासमा महावाणिज्यदूत नियुक्त गर्ने तयारी छ भने  ढुंगानालाई भारतको कोलकातास्थित महावाणिज्यदूत नियुक्त गर्ने तयारी गरिएको सम्बद्ध स्रोतको भनाइ छ ।

    सफ्टवेयर निर्यात गर्ने अमेरिकी कम्पनी कोटिभिटी उपर कर छलीसम्बन्धी मुद्दा दायर गरेपछि ढुंगाना विवादित बनेका थिए । त्यसपछि  विवाद थामथुम पार्न ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तानिएको थियो ।

    प्रतिक्रिया दिनुहोस